‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’
khabarhub.com · Sat Aug 08 13:29:51 GMT 2026

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । कांग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उनले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताए ।
पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताए । पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उनले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाब दिए ।
Read full story at source (khabarhub.com)