पाँच देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी सिनेटबाट पारित
baahrakhari.com · Sat Aug 08 13:30:28 GMT 2026

काठमाडौं । अमेरिकी सिनेटले चीन र भारतसहित पाँच देशमाथि १०० प्रतिशतसम्मको ट्यारिफ लगाउन सकिने विधेयक ८६–११ को बहुमतले पारित गरेको छ । विधेयकमा रुसबाट तेल खरिद गर्ने देशहरूलाई लक्षित गर्दै भारत, चीन, स्लोभाकिया, हंगेरी र अजरबैजानमाथि अतिरिक्त ट्यारिफ लगाउन सकिने व्यवस्था गरिएको छ ।
रुसबाट हुने तेल खरिदबाट प्राप्त आम्दानी घटाएर उसको युद्ध सञ्चालन गर्ने क्षमता कमजोर बनाउने उद्देश्यले यो विधेयक ल्याइएको हो । विधेयकलाई रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदले समर्थन गरेका छन् ।
Read full story at source (baahrakhari.com)