विश्वभर लोकप्रिय लाइभ–क्यामेराकी चर्चित चील गम्भीर अवस्थामा
ratopati.com · Sat Aug 08 13:34:58 GMT 2026

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित बिग बेयर क्षेत्रमा वर्षौंदेखि लाइभ क्यामेरामार्फत लाखौँ मानिसले हेर्दै आएको प्रसिद्ध ‘बाल्ड इगल’ (सेतो टाउको भएको अमेरिकी चील) ज्याकी गम्भीर स्वास्थ्य संकटमा परेकी छन् ।
उपचारका क्रममा केही सुधार देखिए पनि पछिल्लो रक्त परीक्षणले उनको रक्तअल्पता फेरि गम्भीर बनेको देखाएको छ । ज्याकी अहिले क्यालिफोर्नियाको ‘ओजाइ र्याप्टर सेन्टर’मा पशु चिकित्सकहरूको निगरानीमा छिन् । पछिल्लो परीक्षणमा उनको प्याक्ड सेल भोल्युम (पीसीभी) १३ प्रतिशतमा झरेको छ । केही दिनअघि मात्र यो १७ प्रतिशत पुगेको थियो । पीसीभीले रगतमा रातो रक्तकोषको अनुपात मापन गर्छ । यसमा आएको गिरावटले उनको रक्तअल्पता थप बिग्रिएको संकेत गर्छ ।
Read full story at source (ratopati.com)