नेपालसामु दोस्रोपटक एसिया कपमा स्थान बनाउने ठूलो मौका
kendrabindu.com · Sat Aug 08 13:34:53 GMT 2026
काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आगामी एसिसी प्रिमियर कपका लागि खेल तालिका सार्वजनिक गरेको छ। मलेसियामा अगस्ट ३० देखि सञ्चालन हुने प्रतियोगिताको तालिका एसिसीले शनिबार सार्वजनिक गरेको हो।
प्रतियोगितामा नेपालसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ साउदी अरेबिया, आयोजक मलेसिया, बहराइन र हङकङ पनि रहेका छन्।
Read full story at source (kendrabindu.com)