हरित चाडपर्व उत्सव सुरु
annapurnapost.com · Sat Aug 08 13:31:29 GMT 2026

ललितपुर : जलवायु अनुकूलनमा टेवा पुर्याउनका लागि चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शनिबारबाट शुभारम्भ गरिएको छ। चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित ‘हरित उत्सवः परिवर्तनका लागि महिला’ अभियान ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताइन्।
‘वातावरण संरक्षण हाम्रो जिम्मेवारी हो, संरक्षित हाम्रो सम्पदा र हरित वातावरणले सकरात्मक प्रभाव पार्छ, जलवायु परिवर्तन कुनै एक वर्ग वा समुदायको मात्र सरोकार नभई सबै नागरिकको साझा विषय हो,’ प्रमुख सचेतक थापाले भनिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले जलवायु परिवर्तनका कारण समाजका सबै वर्ग प्रभावित भइरहेको बताउँदै यो महिला वा अल्पसंख्यक समुदायको मात्रै सरोकारको विषय नभएको उल्लेख गरिन्। श्रेष्ठले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कानुनी प्रबन्धमा ध्यान दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत राखिन्।
Read full story at source (annapurnapost.com)