रुखको टोड्कामा लुकाइ राखेको तीन थान भरुवा बन्दुक बरामद
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । सुर्खेतको बराहताल गाउँपालिका–८, हुर्केस्थित शान्ति सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरी चौकी बड्डीचौरबाट खटिएको गस्ती टोलीले नियमित गस्तीका क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाइछिपाई राखेको अवस्थामा ती बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)