एक हजार ६१ उजुरी फछर्यौट भएको आयोगको भनाइ
Ujyaaloonline.com · Sat Feb 28 03:18:16 GMT 2026

काठमाण्डौ — निर्वाचन आयोगले एक हजार ६१ उजुरी फछर्यौट भएको जनाएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेकोमा झण्डै ९९ प्रतिशत फछर्यौट भएको हो ।
आयोगका अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ टेलिफोन, एसएमएस लगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेका रहेको आयोगले जनाएको छ ।
Read full story at source (Ujyaaloonline.com)