सालको रूखको टोड्कामा लुकाइछिपाई राखेको भरुवा बन्दुक बरामद
ratopati.com · Sat Aug 08 14:18:53 GMT 2026

सुर्खेत । बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरी चौकी बड्डीचौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले आज सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रूखको टोड्कामा लुकाइछिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
Read full story at source (ratopati.com)