भोटेकोशी बाढी : कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो
ratopati.com · Thu Aug 27 15:54:34 GMT 2026

कैलाली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ४९ जना सम्पर्कविहीन भएका छन् । यसअघि ४० जना सम्पर्कविहीन भएका जानकारी पाइएकामा आफन्त तथा परिवारका सदस्यले प्रहरीमा थप नाम टिपाएपछि उक्त सङ्ख्या ४९ पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
काम, व्यवसाय तथा अन्य सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका कैलालीका नागरिक सम्पर्कमा नआएपछि उनीहरूका आफन्त तथा परिवारका सदस्यमार्फत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । पछिल्लो विवरणमा थप ९ जनाका आफन्तले प्रहरीमा जानकारी गराएका उनले बताए ।
Read full story at source (ratopati.com)