सलमान खानको निवास बाहिर तैनाथ मुम्बई प्रहरीका जवानको निधन
ratopati.com · Sat Aug 08 14:31:53 GMT 2026

मुम्बई । बलिउड अभिनेता सलमान खानको निवास बाहिर तैनाथ ४१ वर्षीय मुम्बई प्रहरीका एक जवानको निधन भएको छ। गणेश रायते नाम गरेका ती प्रहरी जवानको शुक्रबार साँझ अभिनेताको 'ग्यालेक्सी अपार्टमेन्ट' बाहिर सुरक्षा पहरा दिइरहेका बेला सम्भावित हृदयाघातका कारण निधन भएको हो।
'द फ्रि प्रेस जर्नल'को रिपोर्टअनुसार ती जवान मुम्बई प्रहरीको 'एलए–४' शाखामा कार्यरत थिए। शुक्रबार साँझ करिब ६ बजे उनले आफूलाई असहज महसुस भएको जानकारी अन्य प्रहरी कर्मचारीहरूलाई गराएका थिए। त्यसलगत्तै उनलाई उपचारका लागि तुरुन्तै भाभा अस्पताल लगिएको भए पनि अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
Read full story at source (ratopati.com)