सोसल मिडियाको निगरानीबाट परिवारभित्र छिरे नक्कली झाँक्री, सैनिक अधिकारीकी श्रीमतीलाई भ्रममा पारेर ९ लाख ठगी
techpana.com · Sat Aug 08 14:31:59 GMT 2026

काठमाडौं । प्रविधिको विकाससँगै अनलाइन ठगीका शैलीहरू दिनानुदिन परिष्कृत र जटिल बन्दै गएका छन् । ठगहरूले सर्वसाधारणलाई जालमा पार्न नयाँ-नयाँ रणनीति अपनाउने गरेका छन्, जसमा सामान्य असावधानीका कारण जोकोही सहजै फस्न सक्छन्। यसै क्रममा, सामाजिक सञ्जालको सूक्ष्म विश्लेषण गरी एक उच्च सैनिक अधिकारीकी श्रीमतीबाट ९ लाख रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको छ ।
यो करिब नौ महिनाअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको उजुरीको विवरण हो । एक व्यक्तिले सेनाका उच्च पदस्थ कर्मचारीको सामाजिक सञ्जालका गतिविधिहरूलाई नजिकबाट नियालिरहेका थिए । ती सैनिक अधिकारी प्रायः आफ्नो कामका अपडेटहरू सामाजिक सञ्जालमा साझा गरिरहन्थे ।
Read full story at source (techpana.com)