विद्यार्थीलाई न्यानो कपडा सहयोग
gorkhapatraonline.com · Sun Dec 28 17:44:54 GMT 2025

ताप्लेजुङको फुङलिङ नगरपालिकामा –३ मा अवस्थित फुङलिङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आइतबार विसं २०५५ को भानु माविको एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
शैलेन्द्र थेबे, दीपक घिमिरे, रमेश गौतम, केबल मादेन, किरण मादेन, नरेन्द्र मादेन, मिलन गुरुङ लगायत देश बाहिर रहेका अन्य साथीहरू मिलेर विद्यार्थीको लागि न्यानो कपडा ट्रयाक सुट, सुइटर र झोला गरी करिब ६० हजार बराबरको सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हर्क पालुङवाले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)