भोटेकोशी बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर
reportersnepal.com · Thu Aug 27 15:51:58 GMT 2026

काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन् । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनलाई विवरण टिपाएका हुन् ।
सम्पर्कविहीन भनिएकामध्ये केही व्यक्ति आफन्तको सम्पर्कमा आउन थालेको उनले जानकारी दिए। प्रारम्भिक विवरणअनुसार सम्पर्क हुन नसकेकामध्ये गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा भ्रमणका लागि पुगेका, बाढी प्रभावित क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसा–व्यवसायमा संलग्न व्यक्ति छन् ।
Read full story at source (reportersnepal.com)