कालीकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ
nepalnews.com · Sat Aug 08 15:24:29 GMT 2026

कालीकोट। कालीकोटको पलाँता गाउँपालिका थिर्पुमा रहेको पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका ९‚ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डा. अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए।
Read full story at source (nepalnews.com)