एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
khabarhub.com · Mon Aug 31 14:50:15 GMT 2026

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने पहल स्वागतयोग्य रहेको बताए । उनले यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Read full story at source (khabarhub.com)