मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह
Ujyaaloonline.com · Sat Feb 28 05:10:00 GMT 2026

काठमाण्डाै — प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
काउन्सिलको हिजो बसेको बैठकले चुनावजस्तो संवेदनशील विषयमा चुनावलाई प्रभाव पार्ने किसिमका, दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित चुनावलाई प्रभाव पार्ने किसिमको सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न आग्रह गरेको हो ।
Read full story at source (Ujyaaloonline.com)