‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’
ratopati.com · Sat Aug 08 15:50:30 GMT 2026

काठमाडौँ । लोकप्रिय हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस वर्ष ९२०८३० को हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले देशको समसामयिक विषय, राजनीति र नेताहरूमाथि व्यङ्ग्य प्रहार गरी यो कोसेली बजारमा ल्याएका हुन् ।
‘बालेन सरकार’मा उनले सरकारलाई सल्लाह र सुझाव दिँदै खबरदारी गरेका छन् भने गत फागुन २१ को निर्वाचनलाई कटाक्ष समेत गरेका छन् । समग्र नेपालीहरूको बानीव्यवहोरामाथि समेत प्रहार गरिएको यो कोसेली ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
Read full story at source (ratopati.com)