नयाँ लाइसेन्स प्रणालीमा ‘सफ्टवेयर इन्जिनियरिङ’ कि ‘भाइब-कोडिङ’ ? सेवाग्राहीले भोग्दैछन् सास्ती
techpana.com · Sat Aug 08 16:19:05 GMT 2026

यातायात व्यवस्था विभागले यसै आर्थिक वर्षदेखि सुरु गरेको नयाँ ‘EDLVRS’ पोर्टल अहिले चर्चामा छ । यो नयाँ पोर्टललाई हेर्दा के कुरा प्रष्ट हुन्छ भने एआई प्रविधि जतिसुकै अघि बढे पनि यसले वास्तविक सफ्टवेयर इन्जिनियरिङको ठाउँ लिन सक्दैन ।
यहाँ स्पष्ट हुनुपर्ने कुरा के हो भने, यो पोर्टल केवल ‘भाइब-कोडिङ’ बाटै बनाइएको हो भन्न खोजिएको होइन । कुनै पनि सफ्टवेयर बाहिरबाट हेरेर मात्रै त्यो भित्र कसरी बन्यो भनेर किटान गर्न सकिँदैन । तर, यो पोर्टलको काम गराइ हेर्दा बिनाकुनै तयारी, परीक्षण र परिमार्जन हतार-हतार एआईको सहयोगमा तयार पारिएका सफ्टवेयर जस्तै देखिन्छ ।
Read full story at source (techpana.com)