बाढीपीडितलाई काठमान्डु गुर्खाजको १५ लाख सहयोग
ratopati.com · Mon Aug 31 15:08:49 GMT 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गुर्खाजले रसुवाको भोटेकोशीमा आएको विनाशकारीको बाढीका कारण विभिन्न भागमा पुगेको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन परिस्थितिमा प्रभावित समुदायहरू प्रति ऐक्यबद्धता जनाएको छ।
साथै काठमाडौँ स्पोर्टस् डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले जारी राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैँया हस्तान्तरण गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ ।
Read full story at source (ratopati.com)