विज्ञापन आम्दानी बाँडफाँट कार्यक्रम बन्द गर्दै एलन मस्कको एक्स, नयाँ मोडेलमा नेपाल वञ्चित
techpana.com · Sat Aug 08 17:49:57 GMT 2026

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’ले आफ्नो स्थापित विज्ञापन आम्दानी बाँडफाँट गर्ने कार्यक्रम (रेभेन्यु शेयरिङ) लाई पूर्ण रूपमा बन्द गर्ने भएको छ । एक्सले आगामी ७ सेप्टेम्बरदेखि लागु हुनेगरी सो कार्यक्रम बन्द गर्ने र त्यसको सट्टामा नयाँ ‘ओरिजिनल कन्टेन्ट रिवार्ड्स प्रोग्राम’ सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
नयाँ व्यवस्था अनुसार क्रिएटरहरूले आफ्ना मौलिक सामग्रीमा प्राप्त हुने योग्य भ्युज (इम्प्रेसन्स) का आधारमा मात्र आम्दानी गर्न सक्नेछन् । एक्सको नीति अनुसार प्रयोगकर्ता आफैले लेखेका सामग्री, रिपोर्टिङ, खिचेका तस्बिर वा भिडिओ तथा आफैँले सिर्जना गरेका मिम र इलुस्ट्रेसनलाई मात्र ‘मौलिक सामग्री’ मानिनेछ ।
Read full story at source (techpana.com)