ज्ञान कार्निभल बास्केटबल/फुटबल सुरु
baahrakhari.com · Mon Aug 31 15:10:08 GMT 2026
काठमाडौं । ज्ञानोदय बालबालिकाको आयोजनामा ३२औँ ज्ञान कार्निभल सोमबारदेखि सुरु भएको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले देश शोकमा डुबेका कारण प्रतियोगिताको उद्घाटन सामान्य ढंगले गरिएको थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए । कार्यक्रममा ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बाढीका कारण ज्यान गुमाएका सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
Read full story at source (baahrakhari.com)