महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापूर्वक सम्पन्न
annapurnapost.com · Mon Jun 08 15:54:38 GMT 2026
महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ।
यहीँ जेठ १७ गते आइतबारदेखि जेठ २० गते बुधबारसम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। उक्त प्रतियोगितामा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंकहरु, ३ वित्त कम्पनीहरु, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनीहरु र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए। साथै उक्त प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति २०८३/०२/२२ गते शुक्रबार सम्पन्न भएको छ।
Read full story at source (annapurnapost.com)