झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
ratopati.com · Sat Aug 08 18:56:57 GMT 2026

झापा । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोड बराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो ।
कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए । मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु ६० लाख र सख्त घाइतेलाई रु २६ लाख ६० हजार ८६२ राहत दिइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए ।
Read full story at source (ratopati.com)