बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु
barnanmedia.com · Tue Jun 30 01:42:13 GMT 2026

बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको प्र.२-०३-००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालक ट्याक्टरमुनि पस्दा दुर्घटना भएको हो ।
Read full story at source (barnanmedia.com)