जलवायु विपद्का विषय बलियो गरी उठाउनुपर्ने बेला आयो : प्रधानमन्त्री बालेन्द्र
baahrakhari.com · Mon Aug 31 15:16:15 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु विपद्को विषय बलियो गरी उठान गर्नुपर्ने समय आएको बताएका छन् ।
सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापनबारे ब्रिफिङ सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदाय समक्ष यस विषय बलियो गरी उठाउनुपर्ने बेला आएको बताएका हुन् । ''यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपरेको जोखिम बढ्दै गएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नुपरेका विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको छ,'' प्रधानमन्त्रीले भनेका छन् ।
Read full story at source (baahrakhari.com)