बाँकेको सन्तानेश्वरमा धार्मिक पर्यटकको आगमन बढ्दै
ratopati.com · Sat Aug 08 19:44:23 GMT 2026

बाँके । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । साउनमा सामूहिक रूपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने भक्तजनको दैनिक घुइँचो लाग्ने गरेको छ । सोमबार र शनिबारको दिनमा बाँके, बर्दिया, दाङलगायत छिमेकी मुलुक भारतबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेका मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए ।
“सन्तानेश्वर मन्दिरको आफ्नै महत्व र इतिहास छ । भगवान् शिवले मानवसहित सजीव प्राणीका मनोकाङ्क्षा सुन्नुहुन्छ भन्ने विश्वास छ”, उनले भने, “यस मन्दिरको दर्शन गरेमा अपूरा काम पूरा हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।” साउनको महिनामा सोमबारे ब्रत बसेका महिला तथा भक्तजन दुःख कष्टका साथ यस मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको पुजारी गिरीले बताए । भारतबाट भक्तजन आउने भएकाले धार्मिक पर्यटकको प्रशस्त सम्भावना बोकेको सन्तानेश्वर मन्दिरसम्म जाने व्यवस्थित सडक नहुँदा केही असहज भएको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)