मेसीले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
onlinekhabar.com · Mon Aug 31 15:20:58 GMT 2026
१५ भदौ, काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । अर्जेन्टिनालाई फिफा विश्वकप र दुई कोपा अमेरिका उपाधि दिलाएका ३९ वर्षीय मेसीले आफ्नो राष्ट्रिय टोलीसँगको यात्रा समाप्त भएको बताएका हुन् ।
करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा मेसी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले राष्ट्रिय टोलीबाट १९० भन्दा बढी खेलमा ११० भन्दा बढी गोल गर्दै अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका तथा फिनालिसिमा उपाधि दिलाएका थिए ।
Read full story at source (onlinekhabar.com)