करको भारीले थिचिँदै जनता, अर्थमन्त्री वाग्लेको परीक्षा
barnanmedia.com · Sat Aug 08 22:16:39 GMT 2026

नेपालमा कर प्रणाली आवश्यक छैन भन्ने कुरा होइन। राज्य सञ्चालन गर्न, विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सामाजिक सुरक्षाका कार्यक्रम अघि बढाउन सरकारलाई राजस्व चाहिन्छ। तर कर उठाउने नाममा नागरिकको जीवनका हरेक क्षेत्रमा आर्थिक भार थपिँदै जाने र त्यसको औचित्य तथा प्रतिफल स्पष्ट नहुने हो भने प्रश्न उठ्नु स्वाभाविक हो।
आज नेपाली नागरिकले आम्दानी गर्दा कर तिर्छ, सामान किन्दा कर तिर्छ, व्यवसाय गर्दा कर तिर्छ, घरजग्गा कारोबार गर्दा कर तिर्छ, सवारी साधनमा कर तिर्छ, इन्धनमा कर तिर्छ, बिजुलीको बिलमा समेत कर र शुल्कको भार बोक्छ। अस्पतालमा उपचार गर्न जाँदा सेवा शुल्कसँगै विभिन्न कर र शुल्क जोडिन्छन्। शिक्षा, यातायात, सञ्चारदेखि दैनिक उपभोगका वस्तुसम्म करको प्रभाव पुगेको छ। नागरिकको आम्दानी बढ्न नसकेको अवस्थामा खर्चका हरेक ढोकाबाट राज्यले हिस्सा खोजिरहँदा अब प्रश्न केवल ‘कर कति तिर्ने?’ भन्ने रहेन, प्रश्न ‘नागरिकले कर तिरेबापत राज्यबाट के पाइरहेको छ?’ भन्ने बनेको छ।
Read full story at source (barnanmedia.com)