फिफा अध्यक्षमाथि अर्को दबाब
barnanmedia.com · Sat Aug 08 22:22:22 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले युरेफी फुटबल महासंघमा महासचिव रहँदा एक कथित प्रेमिकालाई सम्बन्ध विच्छेदको क्षतिपूर्तिबापत ठूलो रकम भुक्तानी दिएको भन्ने दाबीलाई कडा रूपमा अस्वीकार गर्नुभएको छ । ‘डेली टेलिग्राफ’ले गरेको एक अनुसन्धानमा इन्फान्टिनोले आफ्नो कार्यकालमा महिलालाई गोप्य रूपमा रकम भुक्तानी गरेको दाबी गरिएको थियो ।
फिफा अध्यक्षका प्रवक्ताले टेलिग्राफसँग कुरा गर्दै इन्फान्टिनोले ती आरोपहरू पूर्ण रूपमा असत्य र आधारहीन रहेको बताएको जानकारी दिएका छन् । विवाहित ५६ वर्षीय इन्फान्टिनोका प्रवक्ताले भन्नुभएको छ, ‘फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यी आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्नुहुन्छ र यी पूर्ण रूपमा असत्य हुन् । कुनै पनि किसिमको अनुपयुक्त आचरण वा विधान तथा नियमहरूको उल्लंघन भएको भन्ने कुरा मानहानीपूर्ण छ ।’ उहाँले युएफा वा फिफामा कहिल्यै पनि कुनै कर्मचारीले इन्फान्टिनोको व्यवहारविरुद्ध उजुरी नदिएको बताएका छन्, किनकि त्यस्तो कुनै घटना नै घटेको थिएन ।
Read full story at source (barnanmedia.com)