बालेनले तताए वीरगन्ज, भानु चोकबाट सुरु भएको रोड शो माइस्थान पार गरेर सकियो
arthadabali.com · Wed Feb 11 17:33:07 GMT 2026

वीरगन्ज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार दिउसो वीरगन्जमा भव्य ‘रोड शो’ गर्दै चुनावी माहोल तताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश केन्द्रित प्रचार अभियान सुरु गरेका बालेन सप्तरीपछि वीरगन्ज आइपुगेका हुन् ।
वीरगन्ज महानगरपालिकाको वडा नं. १५ प्रतिमा चोकबाट सुरु भएको उनको रोड शो भानु चोक, नगवा, इन्र्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान पार गर्दै अन्ततः घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
Read full story at source (arthadabali.com)