डलर, युरो, पाउन्ड स्ट्रलिङ लगायत विदेशी मुद्राहरूको दर स्थिर
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम भएको छ भने हिजो पनि यही दर रहेको थियो।
त्यसैगरी युरोपियन युरोको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ जुन हिजोकै दर बराबर हो।
Read full story at source (hamrakura.com)