निर्माण व्यवसायीको चरम लापरबाही : सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
nagariknews.nagariknetwork.com · Sun Aug 09 00:35:29 GMT 2026

निर्माण व्यवसायीको चरम लापरबाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ। बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको दुई किमी सडक सात महिनामा सक्नेगरी सम्झौता भएकामा दुई वर्ष बित्न लाग्दा पनि अझै सडक कालोपत्र भएको छैन। दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)