सिन्धुलीमा दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर
kendrabindu.com · Sun Aug 09 00:44:57 GMT 2026

काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार बीपी राजमार्गमा पर्ने गोलन्जोर गाउँपालिका- ५ छब्बिस भन्ने ठाउँमा मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो।
दुर्घटनामा घनुषाको गणेशमान चारनाथ नगरपालिका-७ बस्ने वर्ष २२ की रुवी साह र मोरङको सुन्दर हरैचा नगरपालिका-१२ बस्ने वर्ष १९ का समित भुजेल गम्भीर घाइते भएका छन्।
Read full story at source (kendrabindu.com)