"पार्टीमा एकता हुन्छ भने महामन्त्री पद छाड्न तयार छु"
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने अवस्था आएमा आफू महामन्त्री पद त्याग गर्न तयार रहेको बताएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै उनले पार्टी र देशको हितका लागि पदभन्दा एकता ठूलो भएको बताएका हुन्।
सभापति संस्था भएकाले संस्थाभन्दा माथि कोही हुन नहुने स्पष्ट पार्दै महामन्त्री पौडेलले वरिष्ठ नेताहरूको योगदानको उच्च सम्मान गर्नुपर्नेमा जोड दिए। “सभापतिभन्दा तल हामी छौँ र सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौँ। यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु,” उनले भने।
Read full story at source (hamrakura.com)