हुलाकबाट एक करोड राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:07:04 GMT 2026

जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार सङ्कलन भएको हो। गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। विनियोजित कुल रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच करोड ७७ लाख ३२ हजार खर्च भएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)