पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : २० जनालाई कारबाही
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:22:17 GMT 2026

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र लेकसाइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, गाँजा तथा लागुऔषध सेवन गरी अवाञ्छित गतिविधि गर्ने र सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)