ग्यास आयात बढेपछि बजारमा अभाव घट्दै
lokaantar.com

केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः हट्दै गएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट ग्यास आयातको परिमाण बढ्नुका साथै वितरण प्रणालीलाई चुस्त बनाइएकाले बजारमा ग्यासको उपलब्धता सहज हुन थालेको हो।
निगमका एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार ७.१ किलोको सिलिन्डरबाट १४.२ किलोको पूर्ण सिलिन्डरमा फर्किएपछि सुरुआती चरणमा माग र आपूर्तिबीच असन्तुलन देखिए पनि अहिले अवस्था सुधारोन्मुख छ। भारतको इन्डियन आयल कर्पोरेसनबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास नेपाल भित्रिरहेको उनले जानकारी दिए ।
Read full story at source (lokaantar.com)