वानएक्स बेटबाट अनलाइन सट्टेबाजी र १ करोड २० लाख बढीको क्रिप्टो कारोबारमा संलग्न तीन पक्राउ
techpana.com · Sun Aug 09 01:40:06 GMT 2026

काठमाडौं । काठमाडौंको बानेश्वरबाट अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउपछि अनुसन्धान गर्दा उनीहरू वानएक्स बेट एप (1xBet Application) मार्फत अनलाइन सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार २१ साउन राति करिब ९ बजे काठमाडौं महानगरपालिका-१०, बानेश्वरमा शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूले वानएक्स बेटमार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबार गरेको देखिएको छ ।
Read full story at source (techpana.com)