चितवन हुलाकले एक करोडभन्दा बढी राजस्व संकलन गर्यो
lokaantar.com

जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु एक करोड नौ लाख १७ हजार राजस्व संकलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायत विभिन्न सेवा शुल्कबाट उक्त रकम संकलन गरेको हो।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार र काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायत अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार संकलन भएको हो।
Read full story at source (lokaantar.com)