कोशीको बाढी र कटानले चिलिया टापुका सयौँ परिवार जोखिममा
lokaantar.com

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टापु र श्रीलङ्का टापुका बासिन्दा हरेक वर्ष सप्तकोशी नदीको बाढी र कटानको दोहोरो त्रासमा जीवन बिताउन बाध्य भएका छन्। नदीको धार क्रमशः बस्तीतर्फ सर्दै जाँदा सयौँ परिवार प्रत्यक्ष जोखिममा परेका छन्।
स्थानीयका अनुसार वर्षेनी कटान बढ्दै गएपछि खेतीयोग्य जमिन साँघुरिँदै गएको छ र नदी घर नजिकसम्म आइपुगेको छ। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीको सहकार्यमा बालुवा भरिएका बोरा, बाँस र डोरीजाली प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण भइरहेको छ।
Read full story at source (lokaantar.com)