ग्यास वितरणमा प्रभावकारी बन्दै ‘क्विक रेस्पोन्स’
barnanmedia.com · Sun Aug 09 01:47:41 GMT 2026

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम प्रभावकारी बन्दै गएको छ । ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘क्विक रेस्पोन्स’ टिम स्थापना गरेको थियो । दिनहुँ जसो ग्यास नपाएको उपभोक्ताका गुनासा आउने र समाधान गर्ने काम भइरहेकाले पनि सो टिम प्रभावकारी बन्दै गएको हो ।
नेपाल आयल निगमका कर्मचारी र ग्यास उद्योगीका प्रतिनिधिले निगमको केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिममार्फत उपभोक्ताका गुनासा सुन्ने र समस्या समाधान गर्ने काम गरिरहेका छन् । फोनमार्फत उपभोक्ताका गुनासा सुन्ने र समाधान गर्ने काम गरिएको निगमले जनाएको छ । शनिबार पनि सो टिम सक्रिय भई उपभोक्ताका गुनासा सुन्ने र समाधान गर्ने काम गरिरहेको निगमले जनाएको छ । ग्यास वितरणसँग सम्बन्धित दैनिक तीन सयदेखि चार सयभन्दा बढी गुनासा आउने र तिनलाई सम्बोधन गर्ने काम भइरहेको निगमले जनाएको छ । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले उपभोक्ताबाट ग्यास नपाएको गुनासो धेरै आएकाले नजिकका उद्योग र डिलरलाई सम्पर्क गरी ग्यास उपलब्ध गराउने काम गरिएको जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)