हुलाकबाट एक करोड राजस्व सङ्कलन
nepalnews.com · Sun Aug 09 02:17:08 GMT 2026

चितवन। जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट ५८ लाख ७२ हजार रुपैयाँ तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट ५० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको हो।
Read full story at source (nepalnews.com)