ओमानसँगको सम्झौताले मात्र हर्मुज जलमार्ग नखुल्ने इरानको अडान
annapurnapost.com · Sun Aug 09 02:24:32 GMT 2026

काठमाडौं : इरानले ओमानसँग स्ट्रेट अफ हर्मुजको नियन्त्रणसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको तर यसले मात्र जलमार्ग खुला गर्न पर्याप्त नहुने बताएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) ले इरानले सो जलक्षेत्रमा अर्को जहाजमाथि मिसाइल प्रहार गरेको जनाएको छ।
इरान र ओमानबीच हर्मुज जलडमरूमध्यबारे हुने सम्झौतालाई युद्ध अन्त्य गर्ने व्यापक प्रयासको महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ। गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको यस युद्धका कारण इरानले प्रमुख ऊर्जा निर्यात मार्गमा नियन्त्रण कायम गर्दै आएको छ।
Read full story at source (annapurnapost.com)