कांग्रेस कलह : सर्वोच्चको फैसलाको पर्खिन्दै देउवा पक्ष, महाधिवेशन तयारीमा संस्थापन
barnanmedia.com · Sun Aug 09 02:17:47 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फुट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थानपन पक्ष भने पूर्वनिर्धारित तालिकाअनुसार नै १५ औं महाधिवेशनको तयारीमा अघि बढ्ने योजनामा छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि १५ औं केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् । यसअघिकै केन्द्रीय कार्यसमिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरु गरी १४–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
Read full story at source (barnanmedia.com)