'वर्तमान राजनीतिक परिस्थितिमा साहित्यकारहरूको दायित्व'बारे साहित्य संगम चितवनद्वारा विचार–विमर्श
ratopati.com · Sun Aug 09 02:31:40 GMT 2026

चितवन । साहित्य संगम चितवनकाे आयोजनामा 'वर्तमान राजनीतिक परिस्थितिमा साहित्यकारहरूको दायित्व'बारे विचार–विमर्श कार्यक्रम सम्पन्न भएको छ । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा आयोजना गरिएको कार्यक्रममा डाक्टर अमर गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गिरीको कार्यपत्रमा चितवनका साहित्यकारहरू सरिता तिवारी र एकनारायण पौडेलले टिप्पणी गरे। कार्यक्रम साहित्य संगमका अध्यक्ष शशि किरण रेग्मी (रह शर्मा)को अध्यक्षतामा गरिएको थियो। कार्यक्रममा चितवन जिल्लाका करिब २०० जना सर्जकहरूको उपस्थिति थियो।
Read full story at source (ratopati.com)