एप्पलको ‘अल्ट्रा’ लाइनअप: फोल्डेबल आईफोन, क्यामरायुक्त एयरपड्स र टचस्क्रिन म्याकबुक छिट्टै आउँदै
techpana.com · Sun Aug 09 02:31:52 GMT 2026

काठमाडौं । एप्पलले अबको केही महिनाभित्र ‘अल्ट्रा’ ब्रान्डिङ अन्तर्गत तीन वटा नयाँ प्रडक्ट बजारमा ल्याउने तयारी गरेको छ । ब्लुमबर्गका मार्क गुरम्यान र म्याकवर्ल्ड का फिलिप एस्पोसिटोको रिपोर्ट अनुसार कम्पनीले आगामी ६ देखि ७ महिनाभित्र बजारमा सार्वजनिक गर्ने तयारी गरेको हाे ।
बहुप्रतिक्षित एप्पलको पहिलो फोल्डेबल फोनलाई ‘आईफोन अल्ट्रा’ नाम दिइने सम्भावना छ । यस फोनमा ७.७ इन्चको भित्री डिस्प्ले र ५.३ इन्चको बाहिरी डिस्प्ले रहनेछ । दुई वटा रियर क्यामरा, एउटा फ्रन्ट क्यामरा र फेस आईडीको सट्टा पावर बटनमै रहने टच आईडी यो डिभाइसमा उपलब्ध हुनेछन् ।
Read full story at source (techpana.com)