डिजिटल कारोबारको प्रभाव: चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द
barnanmedia.com · Tue Jun 30 02:30:25 GMT 2026

काठमाडौं: चालु आर्थिक वर्षको पहिलो १० महिनामा देशभरका बैंक तथा वित्तीय संस्थाका १४९ वटा शाखा बन्द भएका छन्। नेपाल राष्ट्र बैंकको शाखा समायोजन नीतिसँगै विशेषगरी महानगरपालिकाभित्र रहेका वाणिज्य बैंक र विकास बैंकहरूले आफ्ना शाखा गाभ्ने तथा बन्द गर्ने क्रम बढेको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत महानगरपालिकाभित्र धेरै शाखा भएका बैंक तथा वित्तीय संस्थालाई आवश्यकताअनुसार शाखा गाभ्न वा एकीकरण गर्न अनुमति दिइएको थियो। त्यसअनुसार काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिकामा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा समायोजन भएका छन्।
Read full story at source (barnanmedia.com)