रेडियोधर्मी खानीमा संघको एकाधिकार, अन्वेषण र संरक्षण अधिकार ‘खोस्न’ सक्ने
baahrakhari.com · Sun Aug 09 03:13:40 GMT 2026

काठमाडौं । नेपालमा युरेनियमजस्ता बहुमूल्य र सामरिक महत्त्वका खनिज पदार्थ समेत रहेको अनुमान गरिन्छ । मुस्ताङलगायत उच्च हिमाली क्षेत्रमा यस्ता (रेडियोधर्मी) खनिज रहेको अनुमान छ । यसको खोज, अनुसन्धान र उत्खनन भने गरिएको छैन ।
रेडियोधर्मी खनिज (रेडियोएक्टिभ मिनरल) भन्नाले अल्फाकण, बिटाकण वा गामा रेजस्ता विकिरण पैदा गर्ने प्राकृतिक रूपमा वा युरेनियम वा थोरियमको शृंखला क्षयीकरण प्रक्रियाद्वारा बनेको पदार्थ समावेश रहेको धातु हो । यसको प्रयोग आणविक ऊर्जा केन्द्रमा ‘न्युक्लियर फिजन’ प्रक्रियाद्वारा ठूलो मात्रामा बिजुली निकाल्न, आणविक हतियार (शक्तिशाली बम र क्षेप्यास्त्र) बनाउन, चिकित्सा विज्ञानमा क्यान्सरजस्ता रोगहरूको उपचारमा र वैज्ञानिक अनुसन्धानका निम्ति पृथ्वी र चट्टानहरूको आयु पत्ता लगाउन गरिन्छ ।
Read full story at source (baahrakhari.com)