बाढीपहिरोले आज अवरुद्ध छन् यी ८ सडक
kendrabindu.com · Sun Aug 09 03:22:05 GMT 2026

काठमाडौं । वर्षाको कारण सिर्जित बाढीपहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा आज पनि सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ।
त्यसैगरी काभ्रे–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
Read full story at source (kendrabindu.com)