सोलुखुम्बुमा चक्कुले घाँटी रेटी हत्या गर्ने एक पक्राउ
himalpress.com · Sun Aug 09 03:24:22 GMT 2026

काठमाडौँ- सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
Read full story at source (himalpress.com)